मनाङ घर फर्कियो

मनाङ मर्श्याङ्दी क्लब सेख कमाल अन्तरराष्ट्रिय क्लब कप खेलेर घर फर्किएको छ।

सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको थियो

८३ औँ मिनेटमा टिसी स्पोर्टसका नाफिउ अलिले गरेको गोल नै निर्णायक भएको थियो।

समूह उपविजेता बनेको मनाङ र समूह विजेताको रुपमा टिसी स्पोर्टस अन्तिम चारमा पुगेका थिए ।

मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल आएको थियो ।

प्रतियोगिताका विजेताले ३० हजार अमेरिकी डलर र उपविजेताले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...