मोसेन खान स्मृति फुटबलको तयारी पूरा

प्रथम मोसेन खान स्मृति सिक्स ए साइड फुटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स ए साइड डे÷नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ । यहि साउन ३२ गते फाइनल हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।

नकआउट प्रतियोगितामा काठमाडौंका १६ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चावहिलमा रहेका खान परिवारहरुको प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथानको मैदानमा हुनेछ । स्वर्गीय खान पूर्व फुटबल खेलाडी समेत थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...