पूर्व राष्ट्रिय फुटबलर रन्जना सम्मानित

इलाम (खेलदैनिक) । पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी रन्जना दर्जीलाई सुर्योदयन गरपालिका, इलामले एक कार्यक्रमका बीच सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले दर्जीलाई नगद र विशेष सम्मानपत्र सहित सम्मानित गरेको हो ।

सो अवसरमा नेपालका पूर्व प्रधानमन्त्र झलनाथ खनालले दर्जीलाई सम्मानित गरे । सम्मानित भएपछि दर्जीले फुटबलमा लागेर बल्ल आफूले केही पाएको अनुभुति गरेको भन्दै खुशी व्यक्त गरिन । दर्जीलाई गरेको यो सम्मानसँगै सुर्योदय नगरपालिकाले नगर भित्र रहेका अन्य महिला खेलाडीहरुलाई पनि खेल क्षेत्रमा लाग्न उर्जा र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...