बीवाईएससीलाई बप्सी कपको उपाधि

काठमाडौं (खेलदैनिक) । नेपाली भाषाी भुटानी समुदायहरुबीच अमेरिकाको एक्रोनमा सम्पन्न बप्सी कप फुटबल प्रतियोगिताको उपाधि बीवाइएससी, मिनेसोटालाई जितेको छ ।

उपाधि जित्ने क्रममा बीआईएससीले तिमाई स्क्वाडलाई पेनाल्टी शुटआउटमा हरायो । इरोश गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने । त्यस्तै पुजन थापा मगर उत्कृष्ट गोलरक्षक घोषित भए भने रेमोस उप्रेती उत्कृष्ट डिफेन्डर चुनिए ।

त्यसैगरी डिल्ली सुबेदी उत्कृष्ट लेफ्ट डिफेन्डर बने भने अनुज क्षेत्री उत्कृष्ट विंगर तथा पवन बाराकोटी उत्कृष्ट राईट डिफेन्डर घोषित भए । स्मरण रहोस, अमेरिकामा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायहरुले वार्षिक रुपमै यस्ता फुटबल प्रतियोगिताहरु आयोजना गर्दै आइरहेका छ ।


प्रतिक्रिया दिनुहोस

Loading...