अधिकारीलाई एन्फाको कारवाही

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय टोलीको अभ्यास सत्रमा गोलरक्षक किरण चेम्जोङसँग विवादमा उत्रिएका एथलेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारवाही गरेको छ ।

मंगलबार बसेको एन्फाको आपतकालीन बैठकले अधिकारीलाई उनको पदबाट मुक्त गर्ने निर्णय गरेको हो । स्मरण रहोस, विश्वकप छनौटको तयारीका लागि अभ्यास सत्रको शुरुवात गर्ने क्रममा पहिलो दिन नै अधिकारीले कडा अभ्यास गराएको भन्दै चेम्जोङ र अधिकारबीच विवाद चुलिएको थियो ।

त्यो विवाद पछि हातपातमा समेत पुगेको बताइएको थियो । सोही विवादको छानबिन गर्न मधुसुदन उपाध्यायको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानविन समित गठन गरेको थियो । सोही समिटिले बुझाएको प्रतिवेदनका आधारमा एन्फाले अधिकारलाई पदमुक्त गरेको हो भने सम्बन्धित खेलाडीहरुलाई अनुशासनमा रहन चेतावनी समेत दिएको एन्फाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...