साफ यु–१५ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै नेपाल र भारत भिड्ने

काठमाडौं (खेलदैनिक) । यहि आउँदो २१ देखि ३१ अगस्तसम्म भारतमा हुन गईरहेको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको सबै खेलहरु पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा हुनेछन् ।

उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ भने सोही दिन दोस्रो खेलमा श्रीलंकाले भुटानसँग खेल्नेछ । गत बर्ष नेपालमै भएको पछिल्लो संस्करणको उपाधि बंगलादेशले जितेको थियो । फाइनलमा बंगलादेशले पाकिस्तानलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि जितेको थियो ।

त्यतिबेला सेमिफाइनलसम्म पुगेको नेपाल पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा भारतले नेपाललाई हराउँदै तेस्रो भएको थियो भने घरेलु टोली नेपालले चौथो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आयोजक भारत, बंगलादेश, श्रीलंका, नेपाल र भुटान गरी दक्षिण एसियाका पाँच देशहरुले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...