जिल्ला लिग खेल्ने सबैभन्दा कान्छा फुटबलर

काठमाडौं (खेलदैनिक) । नुवाकोटमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एक ११ बर्षिय युवाले डेब्यु म्याच खेल्दै जिल्ला लिगमा सबैभन्दा कान्छो उमेरमा खेल्ने पहिलो नेपाली फुटबलर बनेका छन् ।

नुवाकोट स्थित बट्टार क्याम्पसको खेलमैदानमा पिपलटार एफसीबाट खेलेका युकेश पनेरुले न्यु भिजन क्लब विरुद्ध टोलीका लागि १५ मिनट खेल्न भ्याए । स्मरणीय छ, यसअघि पनेरु भन्दा एक महिनाले जेठो जंगे रायमाझीले सिन्धुपाल्चोकको जिल्ला लिगमा खेलेका थिए ।

यहाँ सम्झिनु पर्ने कुरा त, नेपाली फुटबलको गतिविधी आयोजना गर्ने सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस्ता फुटबल प्रतियोगिताहरुमा खेल्ने खेलाडीहरुको उमेरको हदबन्दी तोकेको देखिंदैन ।


प्रतिक्रिया दिनुहोस

Loading...