
काठमाडौं (खेलदैनिक) । नेपाली महिला फुटबल टोलीले आउँदै गरेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि तयारी आवश्यक तयारी शुरु गरेको छ । आइतबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु तयारीमा कुल २९ खेलाडीहरुले सहभागिता जनाएका छन् ।
छनौट तथा तयारीमा सहभागि खेलाडीहरुमध्येबाट उत्कृष्ट खेलाडी छनौट गरी नेपाली राष्ट्रिय महिला फुटबल टोली तयार पारिने मुख्य प्रशिक्षक हरि खड्काले बताए । स्मरण रहोस, दक्षिण एसियाली क्षेत्रको खेलकुदको कुम्भमेला यहि आउँदो डिसेम्बर १ देखि १० तारीखसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।
महिला फुटबलतर्फ नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । त्यसैले पनि यसपटक नेपाललाई घरमै इतिहास रच्ने अवसर पनि छ ।
नेपालको प्रारम्भिक महिला फुटबल टोली यसप्रकार रहेको छ ।