सहाराको नयाँ महत्वकाक्षी योजना

काठमाडौं (खेलदैनिक) । सहारा युकेले बालबालिकाहरुलाई लक्षित गरेर फुटबल अभ्यास कार्यक्रमको शुरुवात गरेको छ । क्लबका अनुसार भविष्यमा आवास सुविधासहितको एकेडेमी सञ्चालन गर्ने लक्ष्यका साथ सो अभ्यास कार्यक्रम शुरु गरिएको बताएको छ ।

सो अभ्यास कार्यक्रमका फानबोरो स्थित कोभ एफसीको खेलमैदानमा शुरु गरिएको छ । सहारा युकेका अध्यक्ष कुमार गुरुङ तथा सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको सो कार्यक्रममा कुल ३५ बालबालिकाहरुलेसहभागिता जनाएका छन् ।

नेपाली फुटबलमा सक्रिय रहेर अगाडी बढीरहेको सहारा क्लब पोखरा कै एक भातृ संस्था समेत रहेको सहारा युकेसँगै, सहारा हङकङ र सहारा अष्ट्रेलिया समेत रहेका छन् ।

पोखरा दोबिल्ला स्थित बालकहरुाई निःशुल्क आवास तथा शैक्षिक सुविधासहितको एकेडेमी सञ्चालन गरिरहेको सहारा क्लबले बार्षिक रुपमा प्रतिष्ठित आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना समेत गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...