पर्सिजा जकार्ताको टिम बसमा विपक्षी समर्थकको आक्रमण, रोहित सकुशल

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताको टिम बसमा विपक्षी टोली पिएसएम माकासरका समर्थकहरुले आक्रमण गरेका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार जकार्ताको टोलीले शनिबार अभ्यास सत्र सकेर फर्कने क्रममा माकासरका समर्थकहरुले जकार्ताको टिम बसमाथि आक्रमण गरेका थिए ।

गोलनेपालका अनुसार बसमा रोहित पनि थिए । यद्यपि उनी सकुशल रहेको बताइएको छ । स्मरण रहोस, जकार्ता र माकासर इण्डोनेसियाको चर्चित पियाला कपको फाइनलतर्फ दोस्रो लेगमा आइतबार भिड्दै छन् । यसअघि सम्पन्न पहिलो लेगमा जकार्ताले १–० को अग्रता बनाईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...