बारा पुग्यो गोलनेपालको अभियान

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा एक छुट्टै पहिचान बनाएर सक्रिय भई लागि परेको गोलनेपाल फाउण्डेशनले बारा जिल्ला फुटबल संघलाई २३ थान फुटबल हस्तान्तरण गरेको छ । गोलनेपालका अनुसार ती उपलब्ध गराइएका बलहरु केही महिना अघि आएको डरलाग्दो आँधीबाट प्रभावित बालबालिकाहरुको मानसिकतामा राहत पुग्ने गरी प्रयोग गरिने बताइएको छ ।

नेपालका विभिन्न जिल्लाहरुमा पुगेर त्यहाँ स्थानीय क्लब, रेफ्री, फुटबल संघ लगायतलाई निरन्तर सहयोग गर्दै आईरहेको गोलनेपालले बिगत एक दशकदेखि बालबालिका तथा विशेष गरी महिला फुटबललाई लक्षित गरी विभिन्न कार्यक्रमहरु मासिक रुपमा आयोजना गर्दै आइरहेको छ ।

फाउण्डेशनले उपलब्ध गराएको ती बलहरु सिमरा रंगशालामा एक कार्यक्रमका गोलनेपालका प्रतिनिधि दिवाकर भण्डारीले बारा जिल्ला फुटबल संघका अध्यष मोहम्मद समिउल्लाह र वरिष्ठा उपाध्यक्ष रामचन्द्र लामालाई संयुक्त रुपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

नेपाली खेलकुदको क्षेत्रमा खासगरी फुटबलमा सक्रिय रहेको दुई वेबसाईट गोलनेपाल डटकम र खेलदैनिक डटकमको स्वामित्व ग्रहण गरेको बिबा मिडिया ग्रुपका अध्यक्ष बिक्रम थापाले प्रदेश २ को फुटबल संघलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । साथै यस अभियानमा सहयोग गर्ने र आफूहरुलाई विश्वास गर्ने सबैलाई उनले धन्यवाद समेत दिए ।

त्यस्तै सोही अवसरमा अध्यक्ष थापाले पूर्व थ्रीस्टार क्लबका प्रशिक्षक प्रदिप हुमागाईंलाई पनि विशेष धन्यवाद दिए । हुमागाईंले आफ्नो पिताको जन्मदिनको अवसर पारेर यस अभियानमा १०० अमेरिकी सहयोग गरेका थिए । साथै हालै काठमाडौंमा सम्पन्न एसी मिलान जुनियर फुटबल क्याम्पमा प्रयोग गरिएका फुटबल उपलब्ध गराई सहयोग गर्ने थम्मन भुसाललाई पनि फाउण्डेशनका अध्यक्ष थापाले आभार तथा धन्यवाद प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...