एएफसीले गर्यो एन्फाका चार पदाधिकारीलाई आफ्नो समितिमा मनोनित

काठमाडौं (खेलदैनिक) । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का चार पदाधिकारीहरुलाई आफ्नो कमिटीमा मनोनयन गरेको छ । त्यसमध्ये एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा डभेलपमेन्ट कमिटीको सदस्यमा मनोनयन भएका छन् ।

त्यसैगरी मिडिया कमिटीको सदस्यमा एन्फाका प्रवक्ता किरन राई मनोनित भएका छन् । त्यस्तै एन्फाका लिग डाइरेक्टर विज्ञान राज शर्मा एएफसीको कम्पिटिशन कमिटको सदस्य तथा एन्फाका शिक्षा तथा बजार संयोजक राजिव पौडेल एएफसीको मार्केटिङ कमिटीको सदस्यमा मनोनित भएका हुन् ।

गोलनेपालका अनुसार मनोनित सदस्यहरुको कार्यकाल आगामी सन् २०२३ सम्मको रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...