महिला गोल्डकप फुटबल प्रतियोगिता: लेटाङ सेमिफाइनलमा

झापा शनिश्चरेस्थित नमुना खेलमैदानमा जारी सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगितामा लेटाङ महिला एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा सोमबार झापाको सताक्षी महिला एफसी झिलझिलेलाई लेटाङले २–१ गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो । लेटाङका लागि इमा राई र रेश्ना राईले गोल गरे भने सताक्षीका लागि रिता राईले गोल गरिन् ।

खेलको वुमन अफ दी म्याच लेटाङकी रेश्ना राई घोषित हुँदै नगद दुई हजार पाइन् । उनलाई आयोजक प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद भट्टराईले नगद हस्तान्तरण गरे ।

मङ्गलबारको खेल झापाको पारिजात महिला एफसी र कनकाई स्पोर्टस एकाडेमी सुरुङ्गाबीच हुने आयोजकले जनाएको छ । गोल्डकपको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...