तिलोत्तमा गोल्डकप: संकटा सेमिफाइनलमा, एपीएफ २–१ गोलले पराजित

फाल्गुन १६, / संकटा क्लब रुपन्देहीमा जारी १९ औँ तिलोत्तमा गोल्ड कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । रुपन्देहीको देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको खेलमा संकटाले विभागिय टोली एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।

संकटाका लागि विदेशी खेलाडी मार्टिन र मोउसाले १/१ गोल गरे । एपीएफका रबि थिङ्गले १ गोल गरे । निर्धारित समय १–१ गोलको बराबरीमा खेल सकिएपछि थप गरिएको १५ औँ मिनेटमा संकटाका लागि कोने मोसाउले निर्णायक गोल गरेका थिए ।

भोली हुने अन्तिम क्वार्टर फाइलनमा विभागिय टिम पुलिस र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई विदेशी सहित १० टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...