नवयुग अभ्यास मैदान ‘बाहिर’

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण राष्ट्रिय टोलीको अभ्यासबाट बाहिरिएका छन् । गोलनेपालका अनुसार मंगलबार अभ्यास सत्रका क्रममा कुहिनोमा लागेको चोटका कारण नवयुग मैदान बाहिर भएका हुन् ।

डक्टरले उनलाई एक हप्ताका लागि पूर्ण आराम गर्न सल्लाह दिएका छन् । उता नवयुगले भने आफू आइतबारदेखि राष्ट्रिय टोलीको अभ्यास सत्रमा फर्किने योजना बनाएको प्रतिक्रिया दिएका छन् ।

हाल फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनौट तथा एसियन कपको छनौट खेल्ने तयारीमा रहेको नेपालले छनौट चरणतर्फ बलियो अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइसँग भिड्ने पक्का भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...