मनाङ विरुद्ध तगारो बनेका किरण चेमजोङ म्यान अफ द म्याच

फागुन १६ / बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालबाट भाग लिएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भयो ।

मनाङको विपक्षी पोष्टमा आफ्नै पूर्व खेलाडी किरण चेमजोङ थियो । टिसी स्पोर्टसको गोलपोष्ट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हालेका हुन् । मनाङले गरेको केही राम्रा प्रहार भने टिसी स्पार्टसका गोलरक्षक किरण चेम्जोङले विफल पारे । उनी तगारो मात्र बनेनन् । प्रतियोगितामा चार खेल सकिँदा उनले जम्मा २ गोल मात्र व्यहोरेका छन् ।

किरण खेलको म्यान अफ द म्याच भए। उनले ५०० डलर अर्थात् नेपाली ५० हजार रुपैंया प्राप्त गरेका छन् । उनले मनाङको कम्तिमा पाँच उत्कृष्ट मौका विफल पारे । किरणलाई यही प्रतियोगिता अगाडि मादिभ्स क्लबले एक वर्षका लागि अनुबन्धित गरेको थियो। उनी अहिले उत्कृष्ट लयमा छन्।


प्रतिक्रिया दिनुहोस

Loading...