म्याग्दीमा छात्रा फुटबल प्रतियोगिता हुँदै

बेनी (खेलदैनिक) । न्यु दोभान युथ क्लब, बेनी–७ म्याग्दीको आयोजनामा प्रथम अन्तरविद्यालय खुला छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दीको बेनीबजार स्थित खुला मञ्चमा यहि आउँदो भदौ १२ गतेदेखि हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ ।

त्यस्तै उपविजेताले पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथ २० हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई ट्रफी सहित जनही नगद २५–२५ सय प्रदान गरिने आयोजकले जनाएको छ । साथै अनुशाषित टोलीलाई पनि नगद ५ हजार प्रदान गरिने आयोजकले बताएको छ ।

आयोजक क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृति हुन लागेको प्रतियोगिताको फाइनल खेल भने भदौ १४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...