साउदीमा नेपाली समुदायहरुबीच खुला फुटबल प्रतियोगिता हुने

काठमाडौं (खेलदैनिक) । मुस्लिम समुदायहरुको महान चाड वक्र ईदको उपलक्ष्यमा रियाद एफसी, साउदी अरबले त्यहाँ कामदारका रुपमा रहेका प्रवासी नेपाली समुदायहरुबीच फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रियाद स्थित रयिबा ग्राउण्डमा हुने प्रथम नेपाली प्रवासी फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५०० सय साउदी रियाल हात पार्नेछ भने उपविजेताले २ हजार रियाल, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ५०० रियाल समेत तोकिएको छ । त्यस्तै टिम दर्ता गर्ने अन्तिम मिति यहि आउँदो १ अगस्त रहेको समेत आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...