रेफ्री भुजेललाई आर्थिक सहयोग

काठमाडौं (खेलदैनिक) । फुटबल रेफ्री पदम बहादुर भुजेललाई फुटबलका अन्य रेफ्रीहरुले मिलेर आर्थिक सहयोग गरेका छन् । गोलनेपालका अनुसार रेफ्री भुजेलका दिदी मृगौलाको समस्याले ग्रस्त भएकीले उनलाई रेफ्रीहरु मिलेर आर्थिक सहयोग वापत ७० हजार १०० रुपैया सहयोग गरिएको हो ।

उक्त सहयोग रकम आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रेफ्री भुजेललाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा विभिन्न फिफा रेफ्री, राष्ट्रिय रेफ्री, एन्फा रेफ्रीहरु लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा रेफ्री भुजेलले सहयोग हातहरु सबैलाई धन्याद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...