व्यक्तिगत विधातर्फ पनि बीबीसी कै वर्चश्व

काठमाडौं (खेलदैनिक) । आइतबार सम्पन्न ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको ब्रीगेड ब्वाईज क्लब (बीबीसी) का तीन खेलाडीहरुले व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन् ।

स्मरण रहोस, फाइनलमा बीबीसीले नेपाल पुलिस क्लबलाई १–० को झिनो अन्तरले हराउँदै उपाधि रक्षा गर्न सफल भएको थियो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिशाल सुनार बने । त्यस्तै उत्कृष्ट डिफेन्डर भने पुलिसका बिशाल बस्नेत घोषित भए ।

उत्कृष्ट मिडफिल्डरको पुरस्कार बीबीसीका शिशिर लेखीले हात पारे भने उत्कृष्ट फरवार्ड पनि बीबीसी कै बृजेश चौधरी घोषित भए । स्मरण रहोस, फाइनल खेलमा बीबीसीका लागि चौधरीले एक मात्र निर्णायक गोल समेत गरेका थिए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि बीबीसी कै सुबित कार्की घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार प्राप्त गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका कुल १४ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...