साविक विजेता बीबीसीद्वारा उपाधि रक्षा

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले आइतबार सम्पन्न ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि रक्ष ागर्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा बीबीसीले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को झिनो अन्तरले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल भिडन्तमा बीबीसीका लागि बृजेश चौधरीले पहिलो हाफको २३औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

बिजेता बनेको बीबीसीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो । बिजयी खेलाडीहरुलाई राखेपका सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...