ज्वालामुखीलाई क्वीक्स कप छात्रा फुटबलको उपाधि

धरान (खेलदैनिक) । शानदार जितका साथ ज्वालामुखी मा.वि., धरानले सुनसरीको क्वीक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार भएको उपाधि भिडन्तमा ज्वालामुखीले कचना माध्यमिक विद्यालय, इटहरीलाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो । ज्वालामुखीको जितमा सोमिका आले मगरले खेलको १२ र ३६औं मिनटमा गरी दुई गोल गरीन् । त्यस्तै त्यस्तै १७औं मिनटमा प्रतिक्षा राई र ४०औं मिनटमा जिनु राईले गोल गर्दै ज्वालामुखीको उत्कृष्ट जित सुनिश्चित गरे ।

बिजेता बनेको ज्वालामुखीले अब प्रदेश स्तरीय प्रतियोगितामा सुनसरीको प्रतिनिधत्व गर्नेछ । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी तथा उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...