महेन्द्र मेमोरियललाई उपाधि

सुनसरी (खेलदैनिक) । क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ममोरियल एकेडेमी दुहबीले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा महेन्द्र मेमोरियलले खनार मोडेल एकेडेमी, खनारलाई २–० ले हरायो ।

महेन्द्र मेमोरियलको जितमा खेलको २०औं मिनटमा आयुश कुमार चौधरीले पहिलो गोल गरे । त्यस्तै दोस्रो गोल ५४औं मिनटमा बोधराज घिमिरेले गरे । बिजयी खेलाडीहरुलाई चौधरी ग्रुप, सुनसरीका बजार प्रतिनधिी परशुराम ढुंगानाले पुरस्कृत गरे ।

जिल्लामा बिजयी हुने टिमले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने बताईएको छ । साथै प्रदेशस्तरीय प्रतिस्पर्धामा सफल हुने टोलीहरुले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...