शहिद रंगशाला व्यवस्थित बनाउने प्रयास जारी

बिराटनगर (खेलदैनिक) । गत बर्ष प्रतिष्ठित महिला साफ च्याम्पियनसिप सफलताका साथ सम्पन्न भएको बिराटनगर स्थित शहिद रंगशालाको निर्माण तथा स्तरोन्नति अहिले पनि जारी रहेको छ ।

प्रदेश १ मा खेलकुद गतिविधीलाई विशेष प्राथिमकतामा राखेको प्रदेश सरकारले खेलसम्बन्धी पूर्वाधार व्यवस्थापनमा पनि गम्भिर भएर लागेको स्पष्ट देखिन्छ ।

भर्खरै सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिगको सुपर सिक्सका खेलहरु बिराटनगर मै हुने भनिए तापनि लगातारको बर्षाले मैदानमा पानी जमेपछि अन्तिम समयमा खेलस्थल परिवर्तन गरेर धरानमा सारिएको थियो ।

यद्यपि हाल प्रदेश १ सरकार बिराटनगर मैदानलाई फेरि चुस्त दुरुस्त बनाउनमा लागि परेको छ । त्यति मात्र नभएर प्रदेश सरकारले शहिद रंगशालामा रात्रीकालिन खेलहरु खेलाउन मिल्ने गरी फ्लडलाईट जडान गर्ने घोषणा गरिसकेको छ । साथै त्यसका लागि आवश्यक पाँच करोडको बजेट बिनियोजन समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...