कठिन जितका साथ पुलिस फाइनलमा, उपाधिका लागि बीबीसीसँग भिड्ने

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको फाइनलमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

पुलिसका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा मन्जिल राईले एक मात्र निर्णायक गोल गरे । पुलिसले फाइनलमा अब बीबीसीको सामना गर्नेछ । बीबीसीले बिहीबार नै भएको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...