मनाङमाथि फराकिलो जितका साथ बीबीसी फाइनलमा

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबमाथि भारी अन्तरको जित हात पार्दै ब्रीगेड ब्वाईज क्लब जारी ललित स्मृति यु–१८ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा बीबीसीले मनाङलाई ७–१ को फराकिलो अन्तरले हरायो ।

एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल भिडन्तमा बीबीसीको जितमा रेजिन सुब्बाले ३०, ७१ र ८८औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै शिशिर लेखीले खेलको १५ र ५४औं मिनटमा गरी बीबीसीका लागि दुई गोल गरे भने ६६औं र ८३औं मिनटमा क्रमश जय गुरुङ र बृजेश चौधरीले गोल गरे । उता पराजित मनाङका लागि २५औं मिनटमा सचिन गुरुङले एक मात्र सान्त्वना गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...