
धनकुटा (खेलदैनिक) । छथर जोरपाटी गाउँपालिका,धनकुटाले गाउँपालिकामा बन्ने अत्याधुनिक रंगशाला सिधुवा खेलमैदानको डिपीआरको काम सम्पन्न गरेको छ ्र।
करिव ३० करोडको लागतमा बन्न लागेको सो रंगशालामा प्यारापिट, पार्किङ, कभर्डहल, फुटसल आदि संरचना रहनेछन् । सो कार्य सम्पन्न गर्नका लागि छथर जोरपाटी गा.पा ले प्रदेश सरकार तथा केन्द्रिय सरकारको बजेटबाट यो संरचना निर्माण गर्न लागेको हो ।


