अष्ट्रेलियन लिजेण्ड काहिल भन्छन्, “समूह बी कठिन”

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियाका लागि चार विश्वकप खेलेको अष्ट्रेलियन लिजेण्ड टिम काहिलले समूह बी लाई फिफा विश्वकपको एसियाली छनौटतर्फ कठिन समूह बताएका छन् ।

बुधबार मलेसियामा निकालिएको ड्र मा उपस्थित यी ३९ बर्षिय पूर्व पूर्व प्रिमियर लिग क्लब इभर्टन स्टारले समूह बी मा रहेका टोलीहरुले निकै तयारी गर्नुपर्ने बताए । स्मरण रहोस, समूह बी मा पूर्व एसियन च्याम्पियन अष्ट्रेलियासँगै नेपाल, जोर्डन, चाईनिज ताइपेइ र कुवेत रहेका छन् ।

नेपालले हालै कुवेतसँग दुई र ताइपेइसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । त्यसक्रममा कुवेतसँग एक बराबरी र एकमा १–० को हार बेहोरेको थियो भने ताइपेइ विरुद्धको खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो ।

त्यसैगरी नेपालले जोर्डन विरुद्ध सन् २०१४ को फिफा विश्वकप छनौट खेलेको थियो । त्यसबेला पहिलो लेगमा नेपालले ०–९ को भारी अन्तरले हार बेहोरेको थियो भने काठमाडौं मै भएको दोस्रो लेगको खेलमा भने १–१ को बराबरी खेलेको थियो । समूह बी को अर्को बलियो टोली अष्ट्रेलियासँग भने नेपालले अहिलेसम्म खेलेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...