
धरान (खेलदैनिक) । मंगलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगितातर्फ बेलबारी एफसी, मोरङका भुषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उनले पुरस्कार वापत नगद १ लाख प्राप्त गरे । स्मरण रहोस, मंगलबार सम्पन्न फाइनल भिडन्तमा बेलबारीले सैनिक युथ क्लब झापालाई १–२ को स्तब्धपुर्ण हार बेहोरेको थियो ।
विजेता बनेको सैनिक युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो । साथै प्रदेश १ को लिग विजेता सैनिक युथले अब एन्फा प्रेसिडेन्ट कपमा प्रदेश १ को प्रतिनिधित्व गर्नेछ ।