सैनिक युथ, झापा बन्यो प्रदेश १ लिग च्याम्पियन

धरान (खेलदैनिक) । सैनिक युथ क्लब, झापा मंगलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा झापाले फाइनलमा बेलबारी एफसी, मोरङलाई २–१ ले हरायो ।

बिजेता सैनिक युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो । झापाले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा सहभागिता जनाउनेछ । विजयी खेलाडीहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...