खेलमैदान निर्माण गर्दा विचार गर्नुपर्ने पाँच पक्षहरु

रबिन गुरुङ्ग

खेलकुद विकासमा खेलमैदानको निर्माण पहिलो आधारभूत आवश्यकता हो। स्थानिय प्रदेश अनि संघिय सरकारका बजेटमा देशैभरि खेलमैदान बन्ने स्तरउन्नति हुने काम तिब्र देखिन्छ ।

संरचना बनाउदा मुख्यगरि खेलमैदानको गुणस्तर/ सुरक्षाप्रणालीमा कुनै सम्झौता नगरी निर्माण गरिएमा कम मानवीय जोखिमयुक्त स्तरिय मैदान बन्नेछ।  न्यूनतम मापदण्ड अनुरुपको स्तरिय खेलमैदान बनाऊन निम्न पाँच पक्षहरु समाबेश गर्न सकिन्छ।

१. प्राकृतिक वा कृत्रिम घासको छनोट:

प्राकृतिक घास खर्चिलो अनि धेरै मर्मत सम्भार चाहिने गर्दछ भने कम मर्मत सम्भारमै कृत्रिम घास (Artificial Turf) मैदानमा खेलकुद संचालन गर्न सकिन्छ। घासे मैदानमा चोटपटक लाग्ने कम सम्वाभाना हुन्छ भने कृत्रिम बढी रहन्छ। पछिल्लो नेपाली फूटबल प्रतियोगिताहरुमा “घासे मैदान क्रान्ति” सुरुवात भईसकेका छन्, घासे मैदानको निरन्तरता र निर्माणमा प्राकृतिक घासको छनोट नै उत्तम रहनेछ।

 २. पानी सिचाई निकास:

प्राकृतिक वा कृत्रिम घासको छनोट पश्चात पानी सिचाई र निकास व्यवस्था बनाऊनुपर्ने अर्को महत्वपूर्ण पक्ष हो। प्राकृतिक घासे मैदानको लागि पानी सिचाई गर्दा बिसेश ध्यानदिनुपर्दछ, मौसम अनुकूल गर्मी जाडोमा पानीको उचित मात्रा प्रयोग गरिएमा घास स्वस्थ्य रहन्छ। वर्षायाममा मैदान भित्र पानी जम्मा हुन नदिन जल निकासको उचित व्यवस्था बनाईनुपर्दछ। 

३. प्रतिकुल मौसमी सुरक्षा संयन्त्र

खेलमैदानलाई बिभिन्न मौसमी खतराले खेलाडी, दर्शक, संरचनामा गम्भीर क्षति हुनसक्छ। प्रायः चट्याङलाई खतरनाक मौसमी बिपदमा लिईन्छ, चट्याङको पूर्व जानकारी दिने उपकरण जोडेर मानवीय क्षति हुनवाट जोगिन सकिन्छ। साथै, अन्य प्राकृतिक प्रकोप भूकम्प, आँधीबेरीका बेलामा सुरक्षित स्थानानतरणको (Safe Evacuation) आपतकालिन ड्रिलहरू (Emergency Drill ) आवधिकरूपमा संचालन गरिनुपर्दछ। २९ फागुन २०४४ मा काठमाडौं स्थित दशरथ रंगशालामा फुटबल आयोजना भइरहेका बेला हावाहुरी चल्दा हतासको भागाभागमा ९३ जनाको ज्यान गएको थियो साथै सयौ दर्शक घाइते भएका थिए। 

४. फ्लड्लाइट उज्ज्यालो / प्रकाश 

रात्री खेलकुदमा उज्ज्यालो रहे खेलाडीको खेलकौशल प्रभाब हुदैन, कम उज्ज्यालोमा खेलाडीहरु दुर्घटना हुने जोखिम बढी रहन्छ साथै खेल प्रसारणमा भिडियो प्रस्तुति कमगुणस्तर बन्नेछ। फ्लड्लाइटले रात्रीकालिन खेलहरु संचालन गर्न सकिन्छ भने खेलकुद ब्यबसायीले रात्री खेलहरु मार्फत थप ब्यबसायिक लाभ आर्जन गर्दछन्।

एलईडी फ्लड्लाइट सस्तो मुल्य, कम बिजुली खपत हुने भएकाले खेलमैदानमा प्रयोगमा बढ्दो छ। फिफाको मापदण्ड अनुसार अन्तराष्ट्रिय रात्रीकालिन प्रतियोगितामा फ्लड्लाइटको उज्ज्यालोपन ३५०० लक्स हुनुपर्दछ। 

५. पार्किङ

खेलमैदानको अर्को महत्वपूर्ण सुची पार्किङ पनि हो, यसलाई नकार्न सकिदैन !  खेलमैदानमा आउने टिम दर्शकहरुलाई आफ्ना गाडी साधनहरु नजिकै र सुरक्षित तबरको पार्किङ सुविधा हुनुपर्दछ। खेलमैदानको ब्यबस्थित  पार्किङ भएको खण्डमा राष्ट्रिय/अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर मिल्नेछ।   


प्रतिक्रिया दिनुहोस

Loading...