तनहुँमा रङ्गशाला निर्माण प्रकृया शुरू, डिपीआर पनि तयार

तनहुँ (खेलदैनिक) । शुक्लागण्डकी–८, तनहुँ स्थित गाँउफर्कोदय मा.वि को खेलमैदानलाई व्यवस्थित गरी रङ्गशाला वनाउने संकल्पका साथ रङ्गशाराको डिपीआर तयार भएको छ ।

झण्डै २० करोड लागत अनुमानसहितको डिपीआर निर्माण पश्चात् आवश्यक वजेटका लागि प्रदेश सरकार, केन्द्र सरकार, नगर विकास कोष तथा अन्य दातृ निकायहरूलाई आकर्षित गरी यथाशिघ्र निर्माण प्रकृया शुरू गर्नका लागि नगरपालिकाले पहलकदमी लिने बताइएको छ ।

गोलनेपालमा प्रकाशित खबरअनुसार उक्त योजनाको शुरूवाती चरणका लागि यसैवर्ष वडा गौरवको योजना अन्तर्गत १५ लाख रकम विनियोजन गरिएको छ । नगरकै ’शान’ रङ्गशाला निर्माणको लागि सबैको सहयोग र समर्थनका लागि आव्हन समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...