यु–१८ च्याम्पियनसिप : जावलाखेलसँग आर्मी स्तब्ध

काठमाडौं (खेलदैनिक) । समूह चरणबाटै उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेको दावेदार त्रिभुवन आर्मी क्लब जारी ललित स्मृति यु–१८ च्याम्पियनसिपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले जावलाखेल युथ क्लबसँग सडन डेथमा ३–४ को स्तब्धपुर्ण हार बेहोरेको हो । यसअघि नियमित समयतर्फको खेलु दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

सोमबार नै अन्तिम क्वाटरफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब भिड्दै छन् । प्रतियोगितातर्फ मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइृज क्लब (बीबीसी) यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...