वाइल्ड स्पोर्टस बन्यो काठमाडौं जिल्ला लिग च्याम्पियन

काठमाडौं (खेलदैनिक) । वाइल्ड स्पोर्टस् क्लबले काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सानोगौचरन खेलमैदानमा भएको फाइनल भिडन्तमा वाइल्ड स्पोर्टसले फर्पिङ खेलकुदलाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपत्यकाको लिग च्याम्पियन बनेको हो ।

बिजेता बनेको वाइल्ड स्पोर्टसले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेता फर्पिङले ७५०० प्राप्त गर्यो । त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सुशान्त महत घोषित भए भने उत्कृष्ट डिफेन्डर सञ्जय राना बने । त्यसैगरी उत्कृष्ट मिडफिल्डर कमल केसी हुँदा उत्कृष्ट फरवार्डको पुरस्कार सुवास गुरुङले हात पारे ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक आलिग तामाङ बन्दा उत्कृष्ट म्यानेजरको पुरस्कार ध्रुव राईले हात पारे । समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई एन्फाका मानार्थ अध्यक्ष टासी घले, काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष बिराट जंग शाही लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...