प्रदेश १ लिग : बेलबारी एफसी, मोरङ उपाधि नजिक

धरान (खेलदैनिक) । लगातार दोस्रो जितका साथ बेलबारी एफसी, मोरङ जारी मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान स्थित बिपी क्याम्पस खेलमैदानमा भएको समूह ए तर्फको अन्तिम खेलमा बेलबारीले धरान एफसी, सुनसरीलाई २–१ ले हरायो ।

खेलमा बेलबारीका लागि ४४औं मिनटमा मौसम सुब्बाले पहिलो गोल गरे । त्यस लगतै दोस्रो हाफको शुरुवाततर्फ ४८औं मिनटमा हिसुव थपलियाले धरानका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछिको खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेको बेला अन्तिमतिर ९०+१औं मिनटमा एनस मगरले बेलबारीका लागि दोस्रो तथा निर्णायक गोल गर्दे टोलीलाई फाइनलमा पुराए ।

खेलमा बेलबारीका सौरभ कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । यो जितसँगै २ खेलबाट ६ अंक जोडेको बेलबारी समूह ए को शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गर्यो । त्यस्तै ३ अंक जोडेको धरान दोस्रो स्थानमा रह्यो भने अंकविहीन बौद्धिक विकास समाज, धनकुटा पुछारमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...