काठमाडौं जिल्ला लिग : फर्पिङ र वाइल्ड उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । फर्पिङ खेलकुद क्लब र वाइल्ड स्पोर्टस क्लब जारी काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सानोगौचरन मैदानमा भएको सेमिफाइनल भिडन्तमा फर्पिङले अनुशासित ब्वाइज क्लबलाई १–० ले हरायो । फर्पिङको जितमा खेलको ७६औं मिनटमा बिकी महर्जनले फ्रिकिकमार्फत एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै अर्को सेमिफाइनलमा वाइल्ड स्पोर्टसले सानोगौचरन नाइट किंग क्लबलाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गर्यो । वाइल्ड स्पोर्टसका लागि सुवास गुरुङले २ गोल गरे भने थप एक गोल आयुष घलानले गरे । उता पराजित सानोगौचरनका लागि बिनोद डंगोलले एक मात्र सान्त्वना गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...