प्रदेश १ लिगको फाइनल चरणका खेलहरु शुरु, धरानको बिजयी शुरुवात

धरान (खेलदैनिक) । शुक्रबारदेखि शुरु मुख्यमन्त्री कप प्रदेश १ लिगको फाइनल चरणको खेलतर्फ धरान फुटबल क्लब, सुनसरीले बिजयी शुरुवात गरेको छ । बिपी क्याम्पस, सुनसरीको खेलमैदानमा भएको समूह ए तर्फको पहिलो खेलमा धरानले बौद्धिक विकास समिति, धनकुटालाई ३–२ ले हरायो ।

धरानको जितमा खेलको २०औं मिनटमा बिनोद राईले पहिलो गोल गरे । यद्यपि दोस्रो हाफतर्फ ६१औं मिनटमा रेवत राजभण्डारीले बौद्धिक विकासका लागि बराबरी गोल फर्काएका थिए । तर फेरि खेलमा फर्किएका धरानका लागि ८९औं मिनटमा दोर्जे तामाङले दोस्रो गोल गरे ।

त्यस्तै खेलको ९०+२औं मिनटमा उमेश राईले धरानका लागि तेस्रो गोल गरे । उता बौद्धिक विकासका लागि ९०+५औं मिनटमा विरेन लिम्बुले दोस्रो गोल गरे तापनि टोलीको हार भने टार्न सकेनन् । खेलमा धरानका उमेश राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत ५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...