काठमाडौँ जिल्ला लिग : सेमिफाइनल समिकरण पूरा

काठमाडौं (खेलदैनिक) । जारी काठमाडौँ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । सानोगौचरन खेल मैदानमा बिहिबार भएको एक मात्र खेलमा बराबारी पछि फर्पिङ्ग स्पोर्टस डेभलप्मेन्ट क्लबले अन्तिम चारमा स्थान शुरक्षित पारेको थियो ।

फर्पिङ्ग र जोरपाटी फुटबल क्लबबीचको खेल १–१ गोलको बराबरीमा सम्पन्न भएको थियो । फर्पिङ्गका लागि निरन्जन नगरकोटिले ५७ औँ मिनेटमा पहिलो गोल गरे थिए भने जोरपाटीका कर्मा सेर्पाले ७२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यो बराबरीसंगै फर्पिङ्ग स्पोर्टस डेभलप्मेन्ट क्लबले समूह सी को विजेताको रुपमा सेमिमा स्थान बनाएको छ । समूह ए बाट अनुसाशित ब्वाईज क्लब ए बि सी र समूह सी बाट वाईल्ड स्पोर्टस् क्लबले यस अघि नै सेमिमा स्थान शुरक्षित गरिसकेका थिए ।

यसैगरि सबै समूह मध्यको उत्कृष्ट उप विजेताको रुपमा सानोगौचरन नाईट किङ्ग क्लब एस एन के सी ले पनि सेमिमा स्थान बनाएको छ । शुक्रबारको पहिलो सेमिफाईनल खेल अनुसाशित ब्वाईज क्लब र फर्पिङ्ग स्पोर्टस डेभलप्मेन्ट क्लबका बिच दिनको ठिक १ बजे तथा दोस्रो सेमिफाईनल खेल वाईल्ड स्पोर्टस् क्लब र सानोगौचरन नाईट किङ्ग क्लबका बिच दिनको ठिक ३ बजे हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...