
काठमाडौं (खेलदैनिक) । उपत्यकामा जारी ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलको समिकरण पूरा भएको छ ।
गोलनेपालका अनुसार असार २९ गते हुने क्वाटरफाइनल खेलतर्फ हिमालयन शेर्पा क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ भने सोही दिन अर्को क्वाटरफाइनलमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) र नेपाल एपिएफ क्लब भिड्नेछन् ।
त्यसैगरी असार २९ गते दावेदार त्रिभुवन आर्मीले क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ भने सोही दिन अर्को क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब भिड््ने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा काठमडौं उपत्यकाका कुल १४ क्लबहरुको सहभागिता रहेको थियो ।