यु–१८ च्याम्पियनसिप : च्यासलको सान्त्वना जित

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेको च्यासल युथ क्लबले समूह ए को आफ्नो अन्तिम खेलमा सान्त्वना जित हात पारेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा च्यासलले मच्छिन्द्र क्लबलाई २–१ ले हरायो ।

खेलको ६१औं मिनटमा कृष्ण भण्डारीको गोलबाट शुरुवाती अग्रता बनाएको मच्छिन्द्रले त्यसलाई धेरैबेर जोगाउन सकेन । यता च्यासलको जितमा दुवै गोल कर्मा शेर्पाले खेलको ७१ र ८७औं मिनटमा गरे । हारका बावजुद मच्छिन्द्र यसअघि नै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

समूह ए बाट मच्छिन्द्रसँगै हिमालयन शेर्पा क्लब पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूहमा मच्छिन्द्र र शेर्पासँगै च्यासल, संकटा र एनआरटी पनि रहेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...