यु–१८ च्याम्पियनसिप : मनाङ र एपिएफको बराबरी

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपतर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबसँग बराबरी खेल्दै अँक बाँडेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह बी तर्फको सो खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलमा मनाङले शुरुवाती अग्रता लिएर पनि जितबाट बञ्चित हुनुपर्यो ।

मनाङका लागि १७औं मिनटमा प्रशान्त लामाले शुरुवाती गोल गरेका थिए । तर मनाङले त्यो अग्रता पहिलो हाफसम्म पनि जोगाउन सकेन । उता खेलको ४१औं मिनटमा निशान रावलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

समूह बी बाट आर्मीसँगै एपिएफ पनि क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । यद्यपि मनाङको पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना कायम छ । त्यसका लागि मनाङले बिहीबार हुने फ्रेण्डस क्लब र थ्रीस्टार क्लबबीचको नतिजा पर्खनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...