किरण चेम्जोङ र विवेक विक्रान्त अधिकारीबीच भएको विवादको छानविन गर्न एन्फाद्वारा कमिटी गठन

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकार र किरण चेम्जोङबीच भएको विवादको अनुसन्धान गर्न कमिटी गठन गरेको छ ।

एन्फाका अनुसार उक्त विवादको निष्पक्ष छानविन गर्न एन्फाका कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा तीन सदस्य छानविन कमिटी गठन गरिएको छ । सो कमिटीमा सुर्यनाथ अधिकारी र सन्जिव मिश्र पनि छन् ।

साथै एन्फाले उक्त छानविन कमिटीलाई यहि आउँदो असार २९ गते आइतबारसम्म रिपोर्ट बुझाउन मिति समेत तोकेको छ । स्मरण रहोस, राष्ट्रिय फुटबल टोलीका एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकारी र नम्बर एक गोलरक्षक किरण चेम्जोङबीच अभ्यासको कुरालाई लिएर चर्को विवाद भएको खबर बाहिर आएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...