मनाङ कप्तान अनिल गुरुङः दुवै टीम सशक्त भएकाले खेल प्रतिष्पर्धात्मक हुनेछ

१५ फागुन / बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा मनाङम मस्र्याङ्दी क्लबले सोमबार सेमिफाईनलमा माल्दिभ्सको टीसी स्पोर्टस् क्लबसँग खेल्दैछ ।

समूहचरणमा एक खेल जित, एकमा बराबरी र एउटा खेल हारेको मनाङ कमजोरी सुधार्दै खेल्ने योजना बनाएको छ । मनाङका कप्तान अनिल गुरुङले दुवै टीम सशक्त भएकोले खेल प्रतिष्पर्धात्मक हुने बताए ।

‘उनीहरु पनि राम्रो टीम हो किनकि सेमिफाईनलमा यत्तिकै पुगेको होईन । हामी पनि सेमिफाईनल खेल्दैछौं । त्यसैले खेल निकै राम्रो हुनेछ ।’ उनले भने– ‘ हामीसँग टिममा सिनियर र जुनियर खेलाडी छन् । टीम राम्रो सेट । यो नै हाम्रो राम्रो पक्ष हो ।’

यसैबीच, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पनि खेल निकै कडा हुने बताएका छन् । उनले टीसी स्पोर्टस् समूह विजेता भएर आएकाले पनि निकै सशक्त रहेको बताउँदै गोल गर्ने अवसर खेर फाल्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...