पारिश्रमिक नपाएपछि फुटबलरद्वारा मैदान मै विरोध

काठमाडौं (खेलदैनिक) । आफ्नो माग र हक अधिकारका लागि विरोध गर्नु नेपालमा अहिले सामान्य भईसकेको छ । तर काठमाडौंमा मंगलबार एक फुटबल खेलाडीले अपनाएको विरोधको नौलो शैली पनि गज्जबको देखियो ।

फुटबल खेलाडी समिर बिष्टले आफ्नो व्यवसायीक क्लब जावलाखेल युथ क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध एन्फा कम्प्लेक्सको मैदान मै प्लेकार्ड बोकेर एक्लै विरोध प्रदर्शन गर्दा धेरैको नजर उनीप्रति मोडियो ।

गोलनेपालका अनुसार बिष्टले क्लबबाट पाउनुपर्ने आफ्नो पारिश्रमिक अझै पाएका छैनन् । त्यति मात्र नभएर बिष्टसँग क्लबले गरेको सम्झौता पनि पूरा नगरेको उनको गुनासो छ ।

साथै उनले एन्फामाथि पनि आक्रोश पोखे । बिष्टका अनुसार खेलाडीको हक अधिकारको पक्षमा बोल्नु पर्ने ठाउँमा एन्फा पनि मौन बसेको उनको आरोप थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...