काठमाडौँ जिल्ला लिग : फुर्पिङ र जोरपाटिको जित

काठमाडौं (खेलदैनिक) । काठमाडौँ जिल्ला लिग फुटबल प्रतियोगितातर्फ मंगलबार भएका खेलमा फुर्पिङ्ग खेलकुद क्लब र जोरपाटि फुटबल क्लब विजयी भएका छन् ।

काठमाडौँ जिल्ला फुटबल संघद्वारा काठमाडौँको सानोगौचरन मैदानमा संचालित प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा फुर्पिङ्ग खेलकुद क्लबले संयुक्त नमुना क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्यो । फुर्पिङ्गका लागि कमल केसीले २ गोल गरे भने आकाश श्रेष्ठ, निरन्जन नगरकोटीले १–१ गोल गरेका थिए । संयुक्त नमुना क्लबका लागि विशेष आचार्यले एक मात्र सान्त्वना गोल गरे ।

त्यसैगरी सानोगौचरन मैदानमा मंगलबार भएको दोस्रो खेलमा जोरपाटी फुटबल क्लबले कोटेश्वर शेती ओपिलाई पनि ३–१ गोल अन्तरले नै पराजित गर्यो । जोरपाटिका लागि सोनाम सेर्पा, बिक्रम ओली र विशाल शिलवालले १–१ गोल गरे भने कोतेश्वर शेती ओपिकालागि एक मात्र गोल शतिष शिलवालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...