समूह विजेता बन्दै बीबीसी क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । ब्रीगेड ब्वाईज क्लब (बीबीसी) जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह सी मा रहेको बीबीसीले आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले हरायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बीबीसीका लागि ३९औं मिनटमा रेजिन सुब्बाले पहिलो गोल गरे भने लगतै ४२औं मिनटमा बृजेश चौधरीले दोस्रो गोल गरेका थिए । त्यस्तै ४७औं मिनटमा शिशिर लेखीले तेस्रो गोल गर्दै बीबीसीको जित पक्का गरे ।

यो नतिजापछि ३ खेलबाट ९ अंक जोडेको बीबीसी शिर्ष स्थानमा रह्यो भने पराजित पुलिस ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । त्यस्तै मंगलबार नै सरस्वती युथ क्लबलाई ३–० ले हराएको जावलाखेल युथ क्लब ३ अंकका साथ तेस्रो स्थानमा रहँदा अंकविहीन सरस्वती भने पुछारमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...