काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई उपाधि

झापा (खेलदैनिक) । मेचीनगरमा सम्पन्न खुला फुटबल प्रतियोगिताको उपाधि मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा ट्रेनिङ सेन्टरले गाडागल्ली एफसीलाई २–१ ले हरायो ।

बिजेता बनेको ट्रेनिङ सेन्टरले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता गाडागल्लीले २० हजारमा चित्त बुझायो । क्षितिज क्लबको आयोजना भएको प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच योगेश गुरुङ घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मिलन राई चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...