मनाङको पहिलो जित

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबले जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । समूह बी तर्फ पछिल्ला दुई खेलहरु मध्ये एकमा बराबरी र एकमा हार बेहोरेको मनाङले आइतबार फ्रेण्डस क्लबलाई २–१ ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङका लागि २५औं मिनटमा श्रृजन राज गौतमले पहिलो गोल गरे भने ३४औं मिनटमा राज थोकरले दोस्रो गोल गरे । उता पराजित फ्रेण्डसका लागि ७३औं मिनटमा राजिव लोप्चनले एक गोल फर्काए तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उता पराजित फ्रेण्डस भने १ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै ३ खेलबाट ९ अंक जोडेको आर्मी भने शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...