काठमाडौं जिल्ला लिग शुरु

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगिता सानोगौचरन स्थित फुटबल मैदानमा शनिबारदेखि शूरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा अनुशाषित ब्वाईज क्लबले तलचा टोल सुधारलाई २–१ ले हरायो । अनुशाषितको जितमा बिशाल तामाङ र खेम घिसिङले गोल गरे भने पराजित तलचाका लागि बरुण खत्रीले गोल फर्काए ।

त्यस्तै दोस्रो खेलमा वाइल्ड स्पोर्टसले सानोगौचरन एकेडेमीलाई १–० ले निराश तुल्यायो । बिजयी टोलीका लागि सुवास गुरुङले एक मात्र निर्णायक गोल गरे ।

त्यसैगरी अन्तिम खेलमा चावहिल स्पोर्टस क्लबले दक्षिणकालीलाई ३–० ले हरायो । चावहिलको जितमा विशेष राई एक्लैले दुई गोल गरे भने थप एक गोल पराग लामाले गरे ।

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन वार्ड नम्बर ५ का अध्यक्ष रमेश डंगोलले गरे । उद्घाटन कार्यक्रममा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही लगायतका अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...