प्रदेश १ लिग छनोट : मोरङ र खोटाङ ‘सुपर सिक्स’मा

गाईघाट (खेलदैनिक) । सुपर सिक्समा यसअघि नै स्थान सुरक्षित गरिसकेको खोटाङले मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ आफ्नो अन्तिम खेलमा बराबरी खेलेको छ । समूह ए मा रहेको खोटाङले आफ्नो अन्तिम खेलमा सोलुखम्बुसँग २–२ गोलको बराबरी खेल्यो ।

उदयपुर गाइृघाट स्थित थरुहट रंगशालामा भएको खेलमा सोलुखुम्बुका लागि दुवै गोल राम तामाङले गरे । उता खोटाङका लागि भने निरज खड्का र डार्बिन राईले गोल गरे । खेलमा सोलुखुम्बुका बालकृष्ण केसी म्यान अफ द म्याच घोषित भए र पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

शनिबारको नतिजासँगै समूह ए मा ४ खेलबाट ८ अंक जोडेको खोटाङ दोस्रो स्थानमा छ र सुपर सिक्सका लागि छनौट भईसकेको छ । त्यस्तै १० अंक जोड्दै शिर्ष स्थानमा रहेको मोरङ पनि सुपर सिक्सका लागि छनौट भईसकेको छ ।

उता १ अंक जोडेको सोलुखुम्बु पुछारमा छ भने ४–४ अंक जोडेका उदयपुर र ओखलढुंगा क्रमश तेस्रो र चौथो स्थानमा छन् । अब मोरङ र खोटाङले बिराटनगरस्थित शहिद रंगशालामा हुने सुपर सिक्सको खेलहरुमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...